काठमाडौं÷ इन्टरनेशनल मनि एक्सप्रेस आईएमईले दशैंमा ल्याएको सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजनाअन्तर्गत सबै हप्ताका भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको छ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख बजार तथा व्यापार प्रवद्र्धन ड्यानिल दास श्रेष्ठ र ब्राण्ड एम्बासडर दीपकराज गिरीद्वारा संयुक्त रूपमा बिजेताहरूलाई उपहारस्वरूप चार थान युएम पावर म्याक्स स्कुटी प्रदान गरिएको थियो ।
मलेसिया, कतार र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राहीहरू तिलकबहादुर श्रेष्ठ, सुरेन्द्रप्रसाद थारु, आङनर्वु शेर्पा र सरोज श्रेष्ठ विजेता हुनुभएको छ । विजेताको सिफारिसमा लालबहादुर श्रेष्ठ, भीमबहादुर चौधरी, भीमप्रसाद खड्का र हरिलक्ष्मी श्रेष्ठलाई क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौंथो हप्ताको लागि एक–एक थान युएम पावर म्याक्स स्कुटी उपहारस्वरूप प्रदान गरिएको थियो ।

















