एनएमबी बैंकको ‘एक घर एक खाता’ योजना

207

काठमाडौं÷ एनएमबी बैंकले ‘एक घर एक खाता’ अभियान पूर्वमा पनि सुरु गरेको छ । गत बिहीबार सुनसरीको इटहरीमा अभियानको औपचारिक थालनी भएको छ । यो योजनालाई प्रभावकारी तुल्याउन सबै नागरिकलाई यस प्रणालीमा ल्याएर वित्तीय सेवाको पहुँच विस्तारमा समावेश गर्ने योजनाअनुसार पश्चिम नेपालबाट अघि बढाइएको यो अभियान अब पूर्वी नेपालका गाउँघरमा केन्द्रित रहेको बैंकका प्रमुख व्यवसाय प्रबन्धक उत्सव घिमिरेले जानकारी गराउनुभएको छ ।
बैंकको अभियानका प्रवद्र्धक नायक राजेश हमाल रहेका छन् भने सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंको नामको खाता खोलेर ‘एक घर एक खाता’को अभियान पूर्वको लागि सुरु गरिएको छ । पूर्वी नेपालको इटहरी, लेटाङ्ग, पथरी, उर्लावारी, दमक, झिलझिले र भद्रपुरलाई लक्षित गरेर यो अभियान थालनी गरिएको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here