माछापुच्छ«े बैंकले बढायो लाभांश वितरण

281

काठमाडौं÷माछापुच्छे« बैंक लिमिटेडले गतवर्षको खुद मुनाफाबाट सेयरधनीलाई २१.८४ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । बैंकको यो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति गरेर साधारणसभाबाट पारित भएपछि चुक्ता पुँजीको २० दशमलव ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव साधारणसभाले पारित गरेबमोजिमको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी बैंकले गरेको जनाइएको छ ।
प्रस्तावित बोनस सेयरसमेत जारी गरी नपुग हुने चुक्ता पुँजीका लागि बैकले आगामी वार्षिक साधारणसभाबाट हकप्रद सेयरसमेत जारी गर्न प्रस्ताव गर्ने जनाएको छ । बैंकले थप पुँजी बढाउने तथा व्यवसाय विस्तारका लागि अन्य कुनै बैंक वा वित्तीय संस्थासँग गाभिने तथा एक्विजिसन गर्ने सम्बन्धमा समेत बाटो खुला राखेर अगाडि बढेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here