लघु उपन्यास र नेपालमा घरेलु उद्योगको विकासपुस्तक लोकार्पण

108

 

काठमाडौं । नेपाल भाषामा लेखिएको मोति शोभा श्रेष्ठको ‘नेपाल भाषाका लघु उपन्यास संग्रह’ र ‘नेपालमा घरेलु उद्योगको विकास’ पुस्तक लोकार्पण भएको छ ।

नेपाल भाषा एकाडेमीका कुलपति रत्न धाख्वाको प्रमुख आतिथ्यतामा आइबार मोतिशोभाको कृतिसहित सिर्जना श्रेष्ठ र सविना श्रेष्ठको नेपाल भाषाका दुई कविता संग्रहको लोकार्पण भएको हो ।

लेखिका मोतिशोभाका लघुउपन्यासहरूमा नेपाली समाजमा महिलाको जीवनसँग गाँसिएका केही महत्त्वपूर्ण पक्षहरूलाई सरल भाषामा दर्साइएको उनले बताइन् ।

आफ्ना कविताहरूमा मान्छे मन र मानव जीवनका भावनात्मक यात्रा अनि त्यसभित्रका आरोहअवरोहबीच अलमलिएका मान्छेको परिचय, माया र सम्बन्धका आमाहरू प्रस्ट रुपमै भेट्न सकिने सृजना श्रेष्ठले बताइन् ।

त्यस्तै आफूद्वारा लिखित कविताहरूमा प्रकृति, सौन्दर्य, जीवन र समयका विभिन्न अध्यायहरू कोरिएको भेटिने कवियत्री सविना श्रेष्ठले बताइन् । लेखकद्वय सृजना र सविना मोतिशोभाकी छोरीहरू हुन् । यी पुस्तक यसअघि नै नेपाली भाषामा प्रकाशित भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here