कुवेतमा ग्राभेलमा पुरिएर चार नेपालीको मृत्यु

87

एजेन्सी / कुवेतमा बालुवा र ग्राभेलको थुप्रोमुनि पुरिएर चार नेपाली कामदारको मृत्यु भएको छ।

बुधबार साँझ ५ बजे कुवेतको अलमुत्ला क्षेत्रको ब्लक १ एन५मा ढल निर्माणमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रो खस्दा चार नेपाली कामदारले ज्यान गुमाएका हुन्। यस घटनामा अन्य तीन जना घाइते भएका थिए, भने कसैको पहिचान भने खुल्न सकेको छैन। उनीहरुको उपचारका लागि जहरा अस्पतालमा लगिएको अरब टाईम्सले जनाएको छ।  अरु थप तीन जना पनि पुरिएको हुन सक्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here