ओली सरकार केन्द्रिकृत शासनमा जाँदैछः महामन्त्री कोइराला

294

काठमाडौं, नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको बताएका छन् । सोमबार काठमाडौमा आयोजित एका कार्यक्रममा बोल्दै उनले सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए ।
प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट छुट्याइनुले सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको प्रमाणित हुँदै गएको बताए । ‘सरकारले दुई तिहाईको दम्भ पालिरहेको छ,’ कोइरालाले भने,‘यसले जनविरोधी गतिविधि गरिरहेको छ ।’ जनताको भावना विपरित भइरहेका सरकारको गतिविधिविरुद्ध नेपाली काँग्रेस सशक्त रुपमा प्रस्तुत हुने बताए ।
ओली सरकारले शक्ति केन्द्रिकृत गरी तानाशाही बन्न खोजिरहेको आरोप लगाए । शक्तिशाली हुने महत्वाकांक्षाका कारण सरकारले सक्ने काम पनि नगरिरहेको बताए ।
कोइरालाले काँग्रेसको आउदो महाधिवेसनमा बिपिको बिचारलाई आत्मसात गर्दे जान आवश्यक रहेको बताए । नेपाली राजनितिको ठुलो शक्ति भएकाले नेपाली काँग्रेसले नै देशलाई सही मार्गमा लाने बताए ।
नेपाल संस्कृतिक विश्वविदालयका प्राध्यापक डा. कुलप्रसाद कोइरालाले धर्म र संस्कृतिको रक्षा नभए देशमा संकट आउनसक्ने बताए । अहिले धर्म संस्कृतिमाथि चौतर्फी प्रहार भइरहेकाले त्यसप्रति सबै सचेत र सजग हुनुपर्नेमा जोड दिए । कोइरालाले पुस्तकले सनातन धर्मको महत्व प्रकाश पारेको बताए ।
कृतिकार हरिशरण उपाध्यायले संसदले धर्मको व्याख्या गर्ने विषय नभएको बताए । धर्मको व्याख्या संसदले गर्नु लाजमर्दो विषय भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here