गुठी विद्येयकविरुद्ध स्टाटस लेखेपछि पाइलट लामा जापान भ्रमण सूचीबाट ‘आउट’

71

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् ।

आगामी भदौ १२ देखि जापानको ओासाका उडानको तयारी गरिरहेको निगमले अध्यक्ष खरेल, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट लामालाई सोमबार जापान पठाउन लागेको थियो ।

निगमका एक उच्च अधिकारीका अनुसार तीनै जनाको होटल र टिकटसमेत बुकिङ भइसकेको थियो ।

पाइलट लामाले आफ्नो फेसबुकमा सरकारले ल्याएको गुठी विद्येयकविरुद्ध स्टाटस लेखेका थिए । कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here