२५ औं  जनयुद्ध दिवसको अवसरमा  विप्लवले दिए चेतावनी

163

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले २५ औं  जनयुद्ध दिवसको अवसरमा  क्रान्तिले गलत पात्रहरुलाई इतिहासको पर्दाभित्र थन्काइदिने चेतावनी दिएका छन्।

शुभकामना व्यक्त गर्दै विप्लवले जनयुद्ध दिवस गौंरवपूर्ण दिनको रुपमा स्मरण गर्दै सिद्धान्तमा व्यवहार, विचारमा भावना र वलिदानमा विजय मिसिएको नयाँ भावमा मनाउन लागेको  जनाएका छन् ।

२५ औं जनयुद्ध दिवसमा अधुरो क्रान्तिको मार्गलाई पकडेर नयाँ क्रान्तिमा लम्किरहेको जनाएका छन् । विप्लवले यो अवसरमा सहिद तथा वेपत्ता योद्धाहरुप्रति विशेष श्रद्धासहित स्मरण गरेका छन् ।

सरकारी प्रतिबन्ध र शासकहरुको नकारात्मक इतिहासको घिनलाग्दो रुप भएको विस्लेषण गर्दै जनअधिकार र राष्ट्रियता निकै कम्जोर भएको भन्दै सवै प्रतिरोध गर्न अपिल समेत गरेका छन् ।

नेकपा प्रति आकर्षण बढिरहेको सहन नसकेर रोक्न सरकारले राजनैतिक कार्यक्रममाथि समेत प्रतिवन्ध लगाएको भन्दै दमनको समाधान विद्रोह हुने कडा चेतावनी दिएका छन् ।

नेकपा महासचिव विप्लवले यो सरकार काण्डैकाण्डको सरकार भएको भन्दै ललिता निवास काण्ड देशकै वेइज्जत गर्ने परिघटना भएको जनाएका छन्  । २५ औं जनयुद्ध दिवसको अवसरमा पार्टीको मुखपत्र मार्फत विप्लवले उक्त धारणा सार्वजनिक गरेका हुन ।

उनले प्रधानमन्त्री कार्यालयको जग्गासमेत बेचर खाने मान्छेहरुको हातमा देश रहेको भन्दै केपीले यो काण्डलाई कांग्रेस र आफैभित्रका विरोधीहरुलाई समाप्त पार्ने हतियारका रुपमा प्रयोग गर्न खोजेको ठोकुवा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here