डा.केसीको समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की

225

इलाम / इलाममा अनशनरत प्रा. डा. गोविन्द केसीको विषयमा समाचार लेख्ने पत्रकारलाई धम्की आएको छ ।

झापाको बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कान्तिपुरका संवाददाता विप्लव भट्टराईसहित केही पत्रकारलाई समाचार लेखेकै विषयलाई लिएर ज्यान लिने धम्की दिएका हुन्।

केसीको सर्मथनमा इलाम बजारसहित देशैभरि प्रदर्शन र व्यापक जनसमर्थन जुट्दै गएपछि अस्पताल माफियाहरुले पत्रकारहरुलाई धम्की दिन थालेका हुन्।

पीडित पत्रकारहरुका अनुसार डा। केसीका बारेमा समाचार आएका कारण आक्रोशित भएका प्रसाईले कान्तिपुर दैनिकका संवाददातासहित केही पत्रकारले फोन गरी धम्की दिएका हुन्।

केसीका माग पूरा भएको अवस्थामा बी एण्ड सीले टिचिङ अस्पतालले मान्यता नपाउने भएकाले प्रसाई निरन्तर डा केसीविरुद्ध समाचार लेख्ने पत्रकारहरुलाई धम्क्याउदै आएका छन् ।

प्रसाईले नै डा. केसीका विरुद्ध विजय थापा नाम गरेका व्यक्तिलाई भाडामा अनशनका लागि इलाममा पठाएको खुलासा नाम नजाउने शर्तमा स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here