९० सालमा गएको भूकम्पको सम्झनामा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

329

भूकम्प प्राकृतिक प्रकोप हो । हामी भूकम्प भन्ने बितिक्कै वि स २०७२ साल वैशाख १२ गतेको भूकम्पलाई लिने गर्दछौं । तर यसअघि पनि भूकम्प आएको इतिहास छ । ८५ वर्षअघि अर्थात विसं १९९० को माघ २ गते पनि नेपालमा महाविनासकारी भूकम्प गएको हामी हाम्रा हजुरबुवा-हजूरआमा, जिजूबुवा- जिजूआमाबाट सुन्न सक्छौं ।

विगतमा गएको भूकम्प र भूकम्पमा परि गुमाएका आफन्तजनहरुको सम्झनामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालेको यो २१ औं वर्ष हो । २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो।

यस वर्ष पनि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै छ । यस वर्षको नारा ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ तय गरिएको छ । राजनीतिक परिवर्तनपछिको आम चुनावबाट बनेका सरकार राज्यका तीनै तहमा हुँदा पनि भूकम्पीय सुरक्षाको क्षेत्रमा त्यति काम हुन सकेको छैन।

पछिल्लो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै ९ हजार भन्दा धेरैको ज्यान गएको थियो । यो भूकम्पबाट ८ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा धेरैको ज्यान पुरातात्विक सम्पदा भत्किए।

पछिल्लो गोरखा भूकम्पको झण्डै चार वर्ष हुन लाग्दा पनि अझै पुनर्निर्माणले गति लिएको जस्तो देखिएको छैन । यस्तै भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको नेपालमा आउँदा विपदको तयारी पनि भएको देखिँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here