विभिन्न धनमाल चोरी

20

काठमाडौं । काठमाडौं महानगरपालिका-१२ भोटेबहाल डेरा गरी बस्ने म्याग्दी धवलागिरी गाउँपालिका-६ घर भएका ३० वर्षीया रेनुका गुरूङको कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको  छ ।

ललितपुर, ललितपुर महानगरपालिका-१० ज्वागल बस्ने अमुल काजी तुलाधरको घरबाट नगद र सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब १६ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here