आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

17

काठमाडौं । काठमाडौं महानगरपालिका-४ चण्डोल गणेश बस्ती बस्ने बिनोद प्रसाद हाडाको घरमा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुनसरी, देवानगंज गाउँपालिका-२ यादव टोल बस्ने विधानन्द यादवको गोठमा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रौतहट, गौर नगरपालिका-५ हनुमान चोक बस्ने बिरेन्द्र चौरसियाले आफ्नै घरमा संचालन गरेको सिरक डसना पसलमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ललितपुर, कोन्ज्योसोम गाउँपालिका-१ चौघरेस्थित राजु नेपालीको टहरोमा शनिबार राति आगलागी हुँदा करिब ४ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here