निर्वाचन आयोगले सोेध्यो उपप्रधानमन्त्री गच्छदार र जलश्रोत राज्यमन्त्री पुनसँग स्पष्टीकरण

267

काठमाडौं ।  निर्वाचन आयोगले उपप्रधान एवं एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार र जलस्रोत राज्यमन्त्री अमरसिंह पुनसँग स्पष्टीकरण सोधेको छ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिकार बसेको बैठकले उपप्रधानमन्त्री गच्छदार र उनीसम्बद्ध नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरूले पर्साको वीरगञ्ज महानगरपालिकामा २०/२५ वटा गाडी र १०० वटाभन्दा बढी मोटरसाइकलसमेतको र्याली/जुलुस निकाली निर्वाचन आचार संहिता उल्लंघन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
आयोगको निर्णयः
(१)
    “वीरगञ्ज महानगरपालिकाको निर्वाचनको क्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्री
मा. विजय कुमार गच्छदारसहित नेपाल लोकतान्त्रिक फोरम पार्टीका नेता कार्यकर्ताहरूले निर्वाचन आचार संहिता, २०७२ को दफा ५(१३) र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ को दफा ४

(क) विपरीत गाडी तथा मोटरसाइकलहरूको र्याली निकाली नेपाल सरकारका उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री मा. विजय कुमार गच्छदारले निर्वाचन आचार संहिता उल्लंघन गरेको देखिएकाले निर्वाचन आचार संहिता उल्लंघन गरेवापत किन कारवाही गर्न नपर्ने हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न लगाउने र यसैगरी उल्लिखित निर्वाचन आचार संहिता उल्लंघन गरेवापत वीरगञ्ज महानगरपालिकाका नेपाल लोकतान्त्रिक फोरमकातर्फबाट उम्मेदवार श्री विमल प्रसाद श्रीवास्तवलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (४) बमोजिम निजको उम्मेदवारी किन रद्द गर्न नपर्ने हो २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने ।”

यसैगरी मिति २०७४/५/२४ गते जलस्रोत राज्यमन्त्री अमरसिंह पुनले बाराको जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेको भन्ने सन्दर्भमा आयोगबाट निम्नानुसार निर्णय भएको छ :

(२)     “निर्वाचन आचार संहिता, २०७२ को दफा ४(ङ) विपरीत सरकारी साधन स्रोतको दुरूपयोग गरी निर्वाचन आचार संहिताको उल्लंघन गरेवापत जलस्रोत राज्यमन्त्री मा. अमर सिंह पुनलाई किन कारबाही हुनु नपर्ने हो ? सो को स्पष्टीकरण २४ घण्टाभित्र आयोगमा पेश गर्न लगाउने ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here