Home समाचार कोरोना कोषमा २८ करोडभन्दा बढी

कोरोना कोषमा २८ करोडभन्दा बढी

147
विराटनगर- प्रदेश नं १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म २८ करोड ७८ लाख ८६ हजार जम्मा भएको छ ।

कोषमा प्रदेश सरकारले पहिलो चरणमा १० करोड रुपैयाँ र दोस्रो चरणमा १५ करोड रुपैयाँ जम्मा गरेको कोषमा विभिन्न संघसंस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए ।

कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १२ करोड छ लाख रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here