सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन

24

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले हस्ताक्षर अभियानका लागि ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन गरेको छ ।

शुक्रबार काठमाडौंको कलंकीमा पार्टीका नेताहरु उपस्थित भइ हस्ताक्षर अभियानका लागि ऐक्यवद्धता डेस्कको शुभारम्भ गरेका हुन् ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसकोविरुद्धमा जनताको हस्ताक्षर अभियान शुरु गरेको हो ।

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन् । बुटवको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो ।

शुक्रबारबाट काठमाडौंका १४ ठाउँमा ऐक्यवद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here