राहुल सांस्कृत्यायनको ‘बौद्ध दर्शन’ नेपालीमा बजारमा

246

काठमाडौं – विश्वप्रसिद्ध भारतीय दार्शनिक एवं लेखक राहुल सांस्कृत्यानको ‘बौद्ध दर्शन’ नामक पुस्तकको नेपाली अनुवाद बजारमा आएको छ ।

बौद्ध दर्शनका सिद्धान्त र मान्यतामाथि केन्द्रीत रहेको पुस्तकलाई लेखक ललिजन रावलले नेपाली भाषामा अनुवाद गरेका हुन् । पुस्तकमा ‘गौतम बुद्धका मूल सिद्धान्त’, ‘गौतम बुद्ध’, ‘बौद्ध सम्प्रदाय’ र ‘बौद्ध दर्शनको चरम विकास’ गरी पाँच अध्याय छन् । यी अध्यायमा बौद्ध दर्शनका मूलभूत सिद्धान्तलाई सरलीकरण गरिएको छ ।

हिन्दी साहित्य र दर्शनशास्त्रमा राहुल सांस्कृत्यायनको नाम लोकप्रिय छ । जीवनभरि घुमक्कडको रुपमा व्यतित गरेका सांस्कृत्यानले एक सय पचासभन्दा बढी ग्रन्थ लेखेका छन् । यो पुस्तकमा उनले धार्मिक व्याख्याभन्दा पनि आधुनिक दर्शनको आधारमा बौद्ध दर्शनको विश्लेषण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here