महाराजगञ्जमा भेटिएको शंकास्पद बस्तु बच्चाको खेलौना

73

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा भेटिएको शंकास्पद बस्तु बच्चाको खेलौना मात्रै भएको पाइएको छ।

सडक छेउमा शंकास्पद झोला भेटिएपछि प्रहरीले उक्त क्षेत्रमा सुरक्षा सतर्कता अपनाएको थियो। त्यसक्रममा केहीबर सवारी आवागनसमेत रोकिएको थियो।

शंकास्पद बस्तु बम हुनसक्ने भन्दै नेपाली सेनाको बम डिस्पोजल टोली उक्त स्थानमा पुगेको थियो। तर, त्यसक्रममा उक्त झोलाभित्र कपडा र बच्चाको खेल्ने कुरा भेटिएको काठमाडौँ प्रहरी परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिए।

केहीबेर त्रासको वातावरण बने पनि अहिले उक्त क्षेत्रमा अवस्था सामान्य भइसकेको र सवारी आवागमनसमेत सुचारु भइसकेको ढुंगेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here