गोरखा दरौदी यातायातको यात्रुबाहक बस एकआपसमा ठोक्कियो

140

सुलीकोट । गोरखामा गोरखा दरौदी यातायातको यात्रुबाहक बस एक आपसमा ठोक्किएको छ ।

भिमसेन थापा गाउँपालिका– ५ को बगुवामा बुधबार बिहान १० बजे ना ५ ख ५०२८ र ना ५ ख २६२७ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किएको हो ।

गोरखा सदरमुकामबाट आरुघाटतर्फ जाँदै गरेको बस र आरुघाटबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको यात्रुबाहक बस एक आपसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी गराए ।

बसमा सबार केही यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here