काठमाडौं । प्रदर्शन गर्न लागि रहेकाे नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ ।
नर प्रधान ‘मित्र’ निर्देशित फिल्मले नेपाली भाषा, कला, संस्कृति जोगाउन पात्रहरूले गर्ने संघर्षको कथा भन्छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे खुलासा गर्छ । भुटानबाट लखेटिएका नेपालीभाषीको शरणार्थीको रुपमा नेपाल बसाइ र तेस्रो देशको रुपमा अमेरिका पुनर्वासको कथा यसमा समावेश छ ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तु चलचित्रले पेश गर्ने जनाए ।
‘यो मन त मेरो नेपाली हो’ असार २७ गतेदेखि प्रदर्शन तयारीमा छ ।


















