हालसम्म २ सय १० राष्ट्रमा फैलिएको कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ । अहिलेसम्म अमेरिकामा ५६ हजार २ सयभन्दा बढिको मृत्यु भइसकेको छ । त्यहाँ संक्रमितको संख्या १० लाख पुगेको छ ।
इटलीमा हालसम्म २७ हजारको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख पुगेको छ । स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ हजार ५ सय पुगेेेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ३० हजार पुगेको छ ।
फ्रान्समा २३ हजार ३ सयभन्दा बढिको मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या ८ सय ८६ पुगिसकेको छ । भारतमा संक्रमितको संख्या २८ हजार नाघेको छ ।














