निर्मला हत्या प्रकरणको अनुसन्धान नयाँ सिराबाट सुरु गर्ने

118

काठमाडौं / निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान नयाँ सिराबाट सुरु गर्न भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित अपराध अनुसन्धानका विज्ञ टोली कञ्चनपुरतर्फ लागेको छ ।

टोलीमा केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी निरजबहादुर शाही, इन्टरपोलका उमेशराज जोशी, एसपी गणेश रेग्मी, एसपी रामदत्त जोशी, अपराध महाशाखाका डिएसपी, अपराध महाशाखाका सई गजेन्द्र रावललगायत छन् । काठमाडौंबाट मंगलबार हिँडेको टोली चितवन हुँदै कञ्चनपुतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको हो ।

कञ्चनपुर पुगेर टोलीले घटनास्थलको निरीक्षण गर्ने, निर्मलाका बाबुआमालाई भेट्ने र अहिलेसम्म भएका अनुसन्धानका आधारमा नयाँ सिराबाट अनुसन्धान सुरु गर्ने भएको छ ।

प्रहरीका अनुसार अनुसन्धान टोलीले नजिकै रहेको आर्मी ब्यारेकबाट घटना भएको दिन निस्किएका सैनिक जवानहरुमाथि अनुसन्धानबारे पनि टुंगो लगाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here