कर्नाली प्रदेशको विकासको कुरा

207

-डा.दीपेन्द्र रोकाया

कर्नाली प्रदेश विकासको लागि पाँच विषयमा केन्द्रित हुनपर्ने देखिरहेको छु । एक, मानव केन्द्रित विकास । मान्छे सर्वोश्रेष्ठ प्राणी हो भन्ने मान्ने हो भने मान्छे केन्द्रित विकासको बारेमा सबभन्दा पहिले सोच्न पर्दछ । विगत जान्नका लागि हाम्रा जेष्ठ नागरिकहरूलाई अनुभव बैंकको रूपमा लिई सम्मान गर्न सक्नु पर्दछ । आजको राष्टिञय समस्या हल गर्न युवाहरूलाई रोजगार दिन आवश्यक छ । र, भोलिको उज्ज्वल भविश्यको सपना देख्ने हो भने आजका वालवालिकाको शिक्षा, स्वास्थ्य र लालन, पालनमा ध्यान दिई वालवालिकालाई लगानी गर्न पर्दछ । यसैले वालवालिकालाई लगानी, युवालाई रोजगार र जेष्ठ नागरिकलाई सम्मान गर्नपर्ने हुन्छ ।

दुई, पूर्वाधार केन्द्रित विकास । कर्नाली भौगोलिक रूपमा विकट छ भन्ने आधार सडक र विद्युतमा पहुँच नहुनाले हो । पातलो बस्ती हुनाले सरकारले प्रदान गर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सडक, ढल निकास जस्ता भौतिक संरचना एकै ठाउँमा प्राप्त गर्न गाह्रो परिरहेको छ । राज्यले नेपाल विस्तारपछिका दिनहरूमा प्रयाप्त ध्यान नदिनाले कर्नाली प्रदेश निकै पछि पर्न गयो । परिणामस्वरूप आजका दिनसम्म हुम्ला र डोल्पाको सदरमुकामसम्म सडक सञ्जालले जोड्न सकेको छैन । यसैले हामी जमुनाह–हिल्साको कर्नाली कोरिडोर र सुुर्खेत–मोरिम्लाको भेरी कोरिडोर सडक निर्माणलाई जोड दिइरहेका छौ । यसका साथै, प्रदेश राजधानी सुुर्खेतबाट सबै स्थानीय तहका केन्द्रहरूमा जोडिने सडकका बारेमा योजनाबद्ध रूपमा जोड्ने बारेमा सोचिरहेका छौ । कर्नाली प्रदेशमा संभावनाका हिसावले १८००० मेगावाट विद्युत उत्पादन हुने अवस्था रहेपनि लाइसेन्स लिएर अगाडि बढेका फुकोट ४२६ मेगावाट, वेतन ६८८ मेगावाट, तिला–१ ३०० मेगावाट, तिला–२ २९७ मेगावाट, नलसिंहगाड ४१० मेगावाट, जगदुुल्ला ३०७ मेगावाट, भेरी–१ ६१७ मेगावाट, भेरी–४ ३०० मेगावाट, भेरी–ववई डाईभर्सन ४८ मेगावाट, द्धारीखोला ३.७५ मेगावाट र विभिन्न बाहनामा गान्धी मल्लिकार्जुन राव कम्पनीद्धारा ओगटिएको माथिल्लो कर्नाली ९०० मेगावाटजस्ता परियोजना अगाडि बढाउन सकियो भने कर्नालीलाई मात्र नभई देशकै आवश्यकता पुरा गरी छिमेकी देशहरूमा विद्युत निर्यात गर्ने अवस्था आउने छ । त्यसका लागि मुख्यमन्त्री कर्नाली उज्यालो कार्यक्रम र एकीकृत सुरक्षित बस्तीको विकास गर्न मुख्यमन्त्री बस्ती विकास कार्यक्रम नै अगाडि बढाइरहेका छौ ।

तीन, कृषि केन्द्रित विकास । वास्तवमा हामीले औषधीजन्य कृषिजन्य उत्पादन र बजारीकरणमा ध्यान दिनपर्नेछ । स्याउ, ओखर, खमु, चुलीजस्ता फलफुलको उत्पादन, पशुुपंक्षी पालन, वहुमुल्य जडिबुटीको खेती र प्रशोधन गर्न आवश्यक छ । हामीकहाँ मालगाडी र चिलगाडी मालसमान लिएर जान्छन्, रित्तै फर्कन्छन् । यो विरासत अन्त गर्नुको साथै चामलको राजनीति अन्त गराउन र अर्गानिक तरकारी उत्पादनमा जोड दिइरहेका छौ ।

चार, पर्यटन तथा वातावरण केन्द्रित विकास । हामीले भन्दै आएका छौ कि विश्वको पर्यटकीय गन्तव्य नेपाल र नेपालको पर्यटकीय गन्तव्य कर्नाली हो । कर्नाली भनेको स्वर्गको द्धार नै हो । यहाँबाट सभ्यताको जननी कैलाश मानसरोवर जाने सबभन्दा सजिलो र छोटो बाटो छ । रारा, से फोक्सुण्डो, स्यार्पु, कुभिण्डे, छायानाथ, खार्पुनाथ, देवपुरी हुम्लाका बाह्रदेउ, राजकीय सभ्यताको केन्द्र सिंजा, दुल्लु, जगतीपुर, काँक्रेविहार र याल्बाध्र गुम्बाहरूले कर्नालीको सुन्दरता थप्ने काम गरिरहेका छन् । हामीलाई यी स्थानीय सम्पदाहरूको कथावाचकहरूको आवश्यकता छ । साथै, त्यहाँ आउन र जानका लागि सहज बाटो तथा खाने बस्ने सुविधा भयो भने हरेक मान्छेले जीवनमा एक पटक कर्नालीमा पाइलो नटेकी नछाड्ने अवस्था निर्माण गराउन सकिन्छ । यसैले हामी कर्नालीमा फिल्मी शहर, जिओ पार्क र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको संभाव्यता अध्ययन गर्ने सोचीरहेका छौ ।

पाँच, सुचना, विज्ञान तथा प्रविधि केन्द्रित विकास । हरेक कुराको आँखा भनेको संभाव्यता अध्ययन अनुसन्धान हो । सही सुचना भयो र त्यसमा हामीले हाम्रो भविश्य विज्ञान र प्रविधिसँग जोडिएर देख्न सकिएको खण्डमा कर्नालीको विकास असम्भव छैन । विज्ञान प्रविधिका कारण विकसित देशहरू जल, थल, वायु जस्तै अन्तरिक्षको बारेमा एकसाथ सोच्ने गरिरहेका छन्, हामीले पनि आफ्ना योजनाहरू यसरी नै सोच्न आवश्यक छ ।

झट्ट हेर्दा अति महत्वकांक्षी देखिनु स्वभाविकै हो । जनताले अनुभव हुने गरी परिवर्तन चाहेका छन् । राजनैतिक नेतृत्वले त्यसको लागि एउटा परिकल्पना गरी सिघ्र परिणाम खोजीरहेको छ । तर विद्यमान अवस्थामा त्यो परिणाम प्राप्त गर्ने आधार निर्माण भइरहेको छैन । यसमा राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बीचमा काफी मात्रामा समझदारीपन आवश्यक देखिएको छ । वास्तवमा यहाँ सबैलाई आफुलाई बिर्सदा रुन परेको लोककथा सम्झाउँदै हनुमानलाई समुद्र पार गर्न सक्ने क्षमता बुझाएझै हरेक कर्नालीवाशीलाई उत्प्रेरणा दिन आवश्यक देखिरहेको छु । प्रदेश राजधानी सुर्खेतबाट एकाध घण्टामा नजिकका व्यापारिक केन्द्र धनगढी, नेपालगञ्ज र दाध्र कसरी पुग्न सकिन्छ भनी दु्रतमार्गको खोजी पनि गरीरहेका छौ ।

सबभन्दा पहिले सपना देख्ने र त्यसलाई भिज्वलाइज् गर्नु पर्दछ । यसो गर्नका लागि विश्वका विभिन्न विकासे मोडल तथा ज्ञानको पहुँच राख्न सक्नु पर्दछ । अनि आफ्नो सापेक्षतामा अगाडि बढ्ने कार्यतालिका निर्माण गर्न सकियो भने असम्भव भन्ने कुरा केही पनि छैनन् । यसैले हामी अहिले सबभन्दा पहिले कर्नाली प्रदेशको वस्तुस्थितिको अध्ययन गर्दैछौ । कर्नाली प्रदेशभित्रका विज्ञहरूको नाम सुचीकृत गर्दैछौ । यसैगरी विभिन्न क्षेत्रका राष्टिञय अन्तर्राष्टिञय विषय विशेषज्ञहरूको पनि नाम सुचीकृत गर्नैछौ । उहाँहरूको सहयोग लिएर कर्नाली प्रदेशको परियोजना बैंक बनाउने र त्यसको खुल्ला परिक्षणपछि तिनै परियोजनाहरूलाई प्रस्तुत गर्न कर्नाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्नेछौ ।- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here