विदेशमन्त्रीको जवाफ पछि मात्रै संसद अवरोध गर्ने नगर्ने निर्णय लिईने

131

काठमाडौ, २१ मंसिर । नेपालको विषयलाई लिएर भारतको राज्यसभामा बहस गरिरहेका विपक्षी दलहरुले आजको बैठकमा विदेश मन्त्री शुष्मा स्वराजको जवाफ सुनेपछि मात्रै थप निर्णय लिने भएका छन ।
भारतीय कम्यूनिष्ट पार्टी माक्र्सबादी लेनिनबादीका संसद डी राजाले विदेशमन्त्री शुष्मा स्वराजको जवाफ चित्त बुझ्दो नभए बैठक अवरुद्ध पार्ने सम्मका आन्दोलन गर्न सकिने बताए ।
उनले नेपालसँगको सम्बन्ध विग्रिएकोमा र नेपाली जनताले झेलिरहनु परेको अभावले आफूलाई चिन्तित बनाएको भन्दै यस विषयमा संसदहरुले प्रसस्तै प्रश्न उठाएकोले विदेश मन्त्रीको जवाफको प्रतिक्षामा रहेको बताए ।
उनीसँग काग्रेस आईका डा. करण सिंह, भाकपा माक्र्सबादीका सीताराम एचुरे, राष्ट्रबादी काग्रेसका महासचिव डीपी त्रिपाठी लगायतकाले पनि आफूहरु विदेशमन्त्रीको जवाफको प्रतिक्षामा रहेको भन्दै उनको जवाफपछि भावी रणनीति तय गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here