काठमाडौं- नेकपाभित्र गृहमन्त्री रामबहादुर थापाको अवस्था बलियो बन्दै गएको छ। एकता प्रक्रिया टुंगिन लाग्दा पार्टीभित्र थापा समूह निर्णायक अवस्थामा देखिएको छ। पार्टीभित्र केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका गुटमध्ये थापाको गुट निर्णायक बनेको छ।
पार्टीमा थापा समूहका एक सचिवालय सदस्य, दुई स्थायी कमिटी सदस्यसहित ३७ केन्द्रीय सदस्य छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदादेखि नै थापाले आफ्नो समूहलाई बलियो बनाउँदै ल्याएका छन्। जनवर्गीय संगठनबीचको एकतामा पनि थापा समूहको अवस्था बलियो देखिएको छ।
प्रदेशमा पनि सचिव र केही जिल्लामा अध्यक्षसमेत आफ्नो पक्षमा पार्न यो समूह सफल भएको छ। एकीकरण कार्यदलमा रहेका थापाले अधिकांश स्थानमा आफू पक्षधर नेतालाई स्थापित गर्न सफल भएका छन्। पूर्वमाओवादीको भागमा परेका सातवटा जनवर्गीय संगठनमध्ये चारवटाको नेतृत्व थापा पक्षले पाएको छ। नागरिक दैनिक


















