काठमाडौं / नेकपाकी नेतृ कोमल ओलीले आमजनताले महसुस गर्ने गरी परिवर्तन आउने जनाएकी छन् ।
न्यूज २४ टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘नेकपाले जनताको बहुमतको सही सदुपयोग गर्नेछ, जनता निराश हुनु पर्ने कुरै छैन । सरकार सफलताको बाटोमा छ, परिणाम आउन मात्रै बाँकी छ ।’
प्रतिनिधि सभाकी सांसदसमेत रहेकी ओलीले जनताले महशुस गर्न सक्ने गरी परिवर्तन आउने दाबी गरिन् । उनले भनिन् ‘परिवर्तनका आमजनताले महसुस गर्ने छन् । कोही-कोहीले पानीजहाज किन नआएको, रेल किन नआएको भन्दै प्रश्न गर्छन्, यी सबै आउने क्रममा छन् ।’ वर्तमान सरकारले काम गर्न नसके जनताको कठघरामा उभिने ठाउँ भएको समेत जनाइन् ।


















