किराँत राई विद्यार्थी इकाई समिति आरआरको अध्यक्ष सञ्जय राईले सम्पूर्ण विद्यार्थीहरु जुनसुकै सभामा पनि खुलेर आफ्नो कुरा राख्न सक्ने क्षमता बृद्धि गराउने उद्देश्यले भाषण कला तालिम सञ्चालनमा गरिने भएको छ ।
राजधानीको प्रदर्शनी मार्गस्थित बिहिवार रत्न राज्यलक्ष्मी क्याम्पसमा ‘किराँत राई विद्यार्थी संघ इकाई कमिटि आरआर’ द्वारा आयोजित परिचयात्मक कार्यक्रममा राईले अब चाडै नै भाषण कला तालिम ल्याउने प्रतिबद्ध व्यकत गर्नु भएको छ ।
‘किराँत राई विद्यार्थी संघको एकता, विकास र हक हितको लागि एक हौं।’ भन्ने मुलनाराका साथ सुरु भएको कार्यक्रममा भाषण कलामा ईच्छुक हरुको लागि अवशर हुने दाबीगर्दै राईले भने, ‘यो अवसर राई जातीलाई मात्रै नभएर आरआर क्याम्पसमा अध्यानरत सम्पूर्ण विद्यार्थीको निम्ति फलदायी हुने दावी गर्नु भयो ।’
पूर्व(पश्चिम, उत्तर(दक्षिण बाट उच्व शिक्षा हासिल गर्न आएका सम्पूर्ण राई विद्यार्थीहरुलाई एक आपसमा मित्रता कायमका निमित्त सुझाव दिदै , ‘हामी सबै किराँत एकबद्ध भएर हाम्रो भाषा, संस्कार र संस्कृतीको जगेर्ना गर्ने अविभारा हाम्रै काधमा आएको छ।’
किराँत विद्यार्थी संघको केन्द्रिय सचिव रविन राई, आरआरका तत्कालिन सोवियु सहसचिव इन्द्रहाङ राई, किराँत राई विद्यार्थी संघ उपत्यका अध्यक्ष शुभ मान्सुङ राई, किराँत राई विद्यार्थी संघको केन्द्रिय सदस्य झिल कुमार राई, नारायण काफ्ले, किशोर सुब्बा लिम्बु लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि राईले युवाले राष्ट्रको महत्वपूर्ण अंगको भुमिका निर्वाह गर्ने प्रष्टपार्दै ‘यो इकाई कमिटि किराँत युवाको क्षमता बृद्धि गर्ने महत्वपूर्ण संघ हो। यो संघले किराँतीको भाषा, संस्कृती जोगाउने कार्यमात्र नभई राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका निवार्ह गरी युवाको पनि उत्पादन गर्छ।’
शिक्षामा भएको विभेद र व्यापारिकरणको अत्न्य गर्न यो संघले पनि उत्तिकै आवाज उठाउनु पर्ने बताउदै भनिन्, ‘सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले सम्पूर्ण सेवा सुविधा पाउदैन, प्राइभेट विद्यालयमा भर्ना गर्न नसक्ने गरी महंगी छ।’ त्यसैले सरकारी विद्यालयमा नै समतामुलक र गुनस्तरिय शिक्षाको माग गर्नु आवश्यक छ।
कार्यक्रममा सम्पूर्ण किराँतीले आज बुझ्न जरुरी भएको विषय भन्दै प्रदेश नं १ को नाम किराँत प्रदेश राख्नु पर्नेमा स्पस्ट समेत पारेका थिइन्। उनले किराँत प्रदेश हुनु पर्ने कारण र प्रमाण समेत सुनाइन। भनिन्,’सभ्यताको आधारमा, इतिहासको आधारमा र भूगोलको आधारमा प्रदेश नं १ नाम किराँत प्रदेश हुन आवस्यक छ।’
आरआर क्याम्पसको तत्कालिन सोवियु उपसचिप इन्द्रहाङ राईले सम्पूर्ण विद्यार्थीहरुलाई आरआरमा अध्यान गर्न आउनुनै भविष्यमा राम्रो उपलब्धि गर्नेमा ढुक्क रहन विश्वास दिलाउदै उनले भने, ‘हामी किराँती भएता पनि जुनै पनि अन्य जातलाई विभेद नगरि सहयोग गर्न आवश्यक छ।’
किराँत राई खेलकुद संघको अध्यक्ष महेन्द्र राईले किराँत राई विद्यार्थी संघ इकाई कमिटि आरआरमा गत १३ बर्ष देखि निरन्तर रुपमा सञ्चालन गर्दै आएका सम्पूर्ण कार्यकालहरुलाई धन्यबाद व्याक्त गर्दै उनले भने, ‘आरआरमा आगमी दिनहरुमा किराँत राईको तर्फबाट सोवियुको नेतृत्व भएको हेर्न पाउँ।’
कसैको रोहवरमा नबस्न र किराँत राईको सबै किसिमको लोपन्मुख चिजहरुको विकासको निम्ति कत्ति पनि पछि नपर्न आग्रहगर्दै किराँत राई विद्यार्थी संघको केन्द्रिय सदस्य झिल कुमार राईले भने, ‘हजार बर्ष कसैको दास भएर जीउनु भन्दा, एक मिनेट स्वतन्त्र भएर जीउनु महान हो।’
कार्यक्रममा दुर्गा गुरुङ, रावत लिम्बु, सुस्मा सुवेदी, पाण्डव राई लगायतले मनोरञ्जनात्मक प्रश्तुति दिएका थिए। भने किराँत राई इकाई कमिटि आरआरका सचिव अनिस राईले उक्त कार्यक्रम सञ्चालन गरेका थिए।




















