मृत भेटिए युवक खेतमा

73

प्युठान/प्युठानमा खेतमा पानी हाल्न गएका गौमुखी गाउँपालिका‐६ लिवाङका स्थानीय अन्दाजी १७ वर्षीय गणेश घर्ती खेतनजिकै मृत भेटिएका हुन् । मृत शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बुधबार विहान ९ बजे खेतमा पानी हाल्न भनि हिडेका साँझसम्म घर नफर्केपछि परिवारले खोजखबर गरेको थियो । खोजी गर्दै जाँदा बिहिवार राती साढे ११ बजे खेतमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिनु भयो ।

घटनास्थल नजिक कोदालो भेटिएकाले हत्या गरिएको हुन सक्ने भन्दै प्रहरीले आवाश्यक अनुसन्धान प्रक्रिया सुरु गरेको छ । मृतकको टाउकोमा गहिरो चोट भएकोले कोदालोले हानेर मारेको आशंका गरिएको प्रहरी प्रमुख निर्मल वुढाथोकीले बताए । ,‘घटनाको विषयमा अनुसन्धान गरिरहेका छौँ ।’ शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल विजुवार ल्याईएको जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here