सानिमा लाईफ इन्स्योरेन्स लि र एनआईसी एशिया बैंकबिच बिहिबार बैक्यास्योरेन्स सम्झौता भएको छ ।
एक समारोहोका बिच सम्पन्न उक्त कार्यक्रममा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
उक्त अवसरमा सानिमा लाईफ इन्स्योरेन्स लि.का नायव महाप्रबन्धक केशव राज के.सी तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको समेत उपस्थिति थियो ।
सम्झौता अनुसार ग्राहकहकहरुले एनआईसी एशिया बैंकका २७८ वटै शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको प्रविधियुक्त आधुनिक स्तरको उत्कृष्ट जीवन बीमा सेवा उपभोग गर्न सक्नेछन् ।

















