स्याङयोङ गाडीको नयाँ वर्ष मेगा एक्चेन्ज योजना

101

काठमाडौं / नेपालको लागी स्याङयोङ मोटर्सको आधीकारीक विके्रता एवम आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सलेनयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको छ ।

यस योजना अन्र्तगत ग्राहकहरुले आफ्नो कुनै पनि गाडी सँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सकिने कम्पनिले जनाएको छ । यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्नेछन ।

एक्सचेन्ज अफरमा निम्न लिखित सुबिधा प्रदान गर्दैछ ।
– १ बर्षको निशुल्क बिमा
– पुरानो गाडिको स्पटमै उत्कृट मूलयाङ्कन गरिने
– झन्झटरहित फाईनान्सको सूविधा
– आर्थिक वर्ष २०७५/७६ को रोड ट्याक्स तिर्न नपर्ने
– ३ वर्षको वारेन्टी (६०,००० कि मी सम्म)
– ५ बर्ष सम्म निःशुल्क सर्भिसिङ्ग
– गाडीको अतिरिक्त सामान निःशुल्क पाइने
– सस्तो मूल्यमा स्पेयर्स पार्टसहरू पाइने

स्याङयोङको बारेमा
स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दा अभिनव र उन्नत एसयूवी ब्रान्ड ओटोमोबाइल निर्माता हो । आफ्नो स्थापना बर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागिसम्मानित हुँदै आएको छ ।  सम्भवतः यसको एक मात्र कारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ्ग हो। कम्पनि संग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र MPV हरू छन्। कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल मजबुत बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here