कालिकोटका अग्निपिडीतलाई सरकारको यति धेरै सहयोग

80

कालिकोट / कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कालिकोटको पलाता गाउँपालिकामा आगलागीबाट नष्ट भएका घर बनाउन सहयोग गर्ने भएको छ ।

आगलागीबाट पीडितलाई आवसका लागि चार करोड ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले मन्त्रिपरिषद् बैठकबाट अग्निपीडितलगायत अन्य निर्णय सार्वजनिक गरेकी हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश सरकारको ३२औँं मन्त्रिपरिषद् बैठकबाट पलाता गाउँपालिका–१ न्यौपाने खाडाका अग्निपीडित प्रतिघरपरिवारलाई आवास निर्माणका लागि पाँच लाख सहयोग गर्ने निर्णय गरिएको प्रवक्ता केसीले जनाइन् ।

‘यही पुस ८ गते राति आगलागी भएको उक्त बस्तीमा भोलिपल्ट पुगेर प्रदेश सरकारले प्रतिघरपरिवार रु २० हजार नगद र अन्य राहत सामग्री सहयोग गरिसकेको छ,’ प्रवक्ता केसीले भनिन्, ‘बैठकबाट अग्निपीडित परिवार पुनःस्थापना कार्यक्रम सञ्चालन, उनीहरुको आवास निर्माणका लागि नमूना नक्सा र प्राविधिक सहयोगसमेत गर्ने निर्णय भएको छ ।’

उनका अनुसार बैठकले आगलागीबाट भएको आर्थिक तथा भौतिक क्षतिप्रति प्रदेश सरकारको तर्फबाट दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here