आर्मी क्लब र जावलाखेल युथ क्लब बराबर

421

काठमाडौं/शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल आर्मी क्लबलाई जावलाखेल युथ क्लबले गोलरहित बराबरी भएको छ ।

हलचोकस्थित एपीएफको खेलमैदानमा सोमबार भएको १२ औं राउण्डको खेलमा आर्मीले जावलाखेल युथ क्बलसँग गोलरहित बराबरी खेलेको हो । खेलअवधिभर आर्मीले बल नियन्त्रणमा राखे पनि गोल गर्न भने नसकेपछि बराबरीमा चित्त बुझाउनु पर्यो ।

पहिलो हाफमा आर्मीले एकपछि अर्को अवसरलाई गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा पनि आर्मीको अवस्था उस्तै देखिएको थियो । जावलाखेलले भने आर्मीविरुद्ध उत्कृष्ट प्रदर्शन लयमा आएता पनि गोल गर्न सकेनन् । आर्मीविरुद्धको खेलमा जावलाखेलले डिफन्समा निकै चुस्त बनाएको थियो ।

बराबरीसँगै आर्मीको १२ खेलबाट २२ अंक भएको छ । जावलखेलको १२ खेलबाट १२ नै अंक रहेको छ ।

बीबीसको सहज जित

ए डिभिजन लिगअन्तर्गत नै आजै भएको अर्को खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले फ्रेन्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बीबीसीका लागि काजिम बुसारीले दुई गोल गरे । त्यस्तै, अब्बु सियहले गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा नै काजिमले गोल गरेको थिए भने खेलकै ४६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बीबीसीलाई दोब्बर अग्रतामा पु¥याए । खेलको अतिरिक्त समयमा अब्बुले गोल गर्दै बीबीसीलाई ३–० गोलको जित दिलाएका हुन् ।
यो जितसँगै बीबीसीको १२ खेलबाट ९ अंक भएको छ । पराजित फ्रेन्ड्स क्लबको भने १२ खेलबाट ९ अंक नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here