प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ अवरुद्ध,अब सुनुवाइ कहिले ?

164

काठमाडौं / संसदीय सुनुवाई विशेष समितिमा सर्वोच्च अदालतको प्रधान न्यायाधीशकालागि प्रस्तावित भएका चोलेन्द्रशमशेर राणाविरुद्ध उजुरीबारे आइतबार भएकाे सुनुवाइ अवरुद्ध भएको छ ।

संघीय संसद्का कर्मचारीको अवरोधले प्रस्तावित प्रधानन्यायाधीश  जबरामाथि सुनुवाइ जारी रहेकै बेला कर्मचारीले बैठक बहिष्कार गर्ने र माइकको लाइन काटिदिने चेतावनी दिएपछि सुनुवाइ बीचैमा स्थगित भयो ।

सुनुवाइ समितिमा जबराले १५ पृष्ठ लामो भावी कार्ययोजना र अवधारणा प्रस्तुत गरेपछि १२ जना सांसदले प्रश्न गरे । सभापतिबाहेक बाँकी २ सांसदले प्रश्न सोध्न नपाउँदै बैठक स्थगित गर्नुपर्ने स्थिति बन्यो । जबरामाथिको बाँकी सुनुवाइ मंगलबारलाई सरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here