जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबसँग नेपाल पुलिस क्लब पराजित भएको छ ।
हलचोकस्थित आफ्नै मैदानमा भएको खेलमा एपीएफले पुलिसलाई ४–१ ले पराजित गर्न सफल भयो । जितको लागि युवराज खड्काले दुई गोलका साथै राजेन्द्र रावल र हरि कार्कीले समान १–१ गोल गरेका थिए । पुलिसका लागि अजित भण्डारीले एक गोल गरेका थिए ।
खेलको २० औं मिनेटमा एपीएफका राजेन्द्रले पहिलो गोल गरेका थिए । लगतै २८ औं मिनेटमा हरिले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे । ४३ औं मिनेटमा युवराजले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा अजितले गोल गर्दै पुलिसलाई ३–१ गोलको स्थितिमा ल्याए ।
खेलको ८५ औं मिनेटमा युवराजले गोल गर्दै एपीएफलाई ४–१ गोलको जित दिलाए ।
यो जितसँगै एपीएपको १२ खेलबाट २० अंक भएको छ । पराजित पुलिसको भने १२ खेलबाट १८ अंक रह्यो ।
त्यस्तै, ललितपुरको सातदोबाटोमा आजै भएको खेलमा खेलमा सरस्वती युथ क्लबले च्यासल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ । खेलको १४ औं मिनेटमा नै च्यासलका सजिन थापामगरले गोल गरेका थिए । सुरुवातमै गरेको च्यासलले जोगाउन नसक्दा हार ब्यर्होन बाध्य भयो । खेलको ८६ औं मिनेटमा मनिष थापाले गोल गर्दै सरस्वतीलाई १–१ गोलको स्थितिमा पु¥याएका थिए । त्यसैगरि, खेलको अतिरिक्त समयमा फ्रान्सिस ओकेचुकोले गोल गर्दै सरस्वतीलाई २–१ गोलको जित दिलाएका हुन् ।

















