महोत्तरी/महोत्तरीमा प्रहरीले एकथान नलकटुवा पेस्तोल खेतमा लुकाइराखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सम्सी गाउँपालिका ७ स्थित झाडीमा लुकाइराखेको म्याग्जिन प्रयोग हुने नलकटुवा पेस्तोल प्रहरीले बरामद गरेको हो । हतियार आपराधिक क्रियाकलापमा प्रयोग गर्न ल्याएको हुन सक्ने वा प्रयोग गरेर लुकाइराखेको हुनसक्ने जनाएको छ ।


















