कति सजिलो एउटा पुरुषलाई बाबू बन्न अनि कति गाह्रो नारीलाई आमा बन्न ?

490

सासू लाई नाति चाहिन्छ । पति लाई बच्चा चाहिन्छ । अनि नारी गर्भवती हुन्छे सबै खुशी पनि हुन्छन । त्यसपछि दिन बित्दै जान्छ समयसंगै खुशीको रुप फेरिन्छन ।

हिजो बुहारीले नाति पाउने खुशीमा उज्यालो भएको सासूको अनुहार अध्यारों यस कारण हुन्छ कि घर को काम बुहारीले कम गर्न थाली । सब थोक हामी घाँस को भारी बोक्दा बोक्दै जन्मिएका बच्चा हुन्। नन्द को अनुहार अध्यारें हुन्छ हिजो पधेंरो बाट भाउजूले गर्ने काम अब नन्दको नाउँ मा सर्यो । पति को अनुहार अध्यारो हुन्छ । हिजो को दिन मा सधै उज्यालो श्रीमती आजकाल हर बखत थाके जस्तो देखिन्छे। सानो सानो कुरा मा दिक्क मान्न थालेकी छे । पहिला जस्तो वास्ता गर्न सकेकी छैन ।

हिजो को दिन उसको हात शिरानी लगाएर सुत्ने श्रीमति आज कहिले कता कहिले कता फर्किन थालेकी छे ।आजकाल पहिला जस्तो रमाइलो कुरा गर्न खोज्दा झर्को मान्न थाल्ने गरेकी छे ।

जति बेला पायो उति बेला घिन लाग्ने गरि बान्ता गर्ने गरेकी छे । आखिर किन परिवर्तन भै बुझ्न सकेको छैन । सबै थोक त ल्याइ दिएकै छु खान मन लागेको कुरा किन्देकै छु । घर मा नि सबै ले ध्यान देको छन वा छैनन वास्ता नि गरेकै छु । फेरि किन यस्तो ?

के एक पटक कसैले सोचेको हुन्छ यति बेला साहनभुती भन्दा पनि बुझ्ने मन्छे को आवश्यकता हुन्छ भनेर । रात रात भर सुत्न न सकेर यता उता कोल्टे फेर्दै बिताएको रात कसले देखेको हुन्छ र बिहान ढिलो उठेको बाहेक रुरु शरीर भित्र परिवर्तन भै रहेका हर्मोन र संगैको माहोल कसले बुझेको छ उसले गरेको बान्ता बहेक । खाना खान मन न लागेर पनि जवरजस्ती बच्चा को लागि खाएको कसले देखेको छ उस्ले मुख बिगारेको बहेक ।

९ महिना तड्पेर ,अनिदो रात बिताएर कहिले एक्लै रोएर कहिले हासेंर कति पटक त्यो बच्चाले पेट भित्र हानेको लाती सहेर । मन लागेको कुरा नखाएर शरीर भरी पीडा हुदा औषधि बिना नै त्यो पीडा सहेर अन्त्य मा मृत्यु संग कयौं घण्टा लडेर त्यो नारी ले बच्चा लाई जन्म दिन्छे ।नर्स ले सफा गर्छे र आमा को सामु नि नलगि बाहिर आएर सोध्छे फलानो कस्को बच्चा हो अनि बाबु अगाडि आउँछ र भन्छ मेरो । कति सजिलो हुन्छ एउटा पुरुष लाई बाबू बन्न अनि कति गारो हुन्छ नारी लाई आमा बन्न ? अधुरो प्रेमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here