बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको फिल्म ‘गल्ली ब्वाई’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको पोस्टरमा उनीहरु साधारण लुक्समा देखिएका छन् ।
फिल्ममा रणवीर स्ट्रिट र्यापर्सको भूमिकामा देखिनेछन् । फिल्मको कहानी मुम्बईको स्ट्रिट र्यापर्सको वरिपरि घुम्छ । फिल्मलाई जोया अख्तरले निर्देशन गरेकी हुन् । यस फिल्मको निर्मातामा फरहान अख्तर र रितेश सिद्धवानी छन् । यो फिल्मको छायांकन गएको वर्षको जनवरीमा सुरु भएर अप्रिलमा सकिएको थियो ।
आलिया र रणवीरको जोडी पहिलो पटक साथ देखिन लागेका हुन् । यसअघि यी दुईले एक एडमा सँगै काम गरेका थिए।
‘गल्ली ब्वाई’ यस वर्षको भ्यालेनटाइनमा रिलिज हुँदैछ । यो फिल्मपछि रणवीर धर्मा प्रोडक्शनको फिल्म ‘तख्त’ मा पनि आलियासँग काम गर्दैछन् । करीना कपूर खान पनि फिल्ममा रहनेछन् ।
















