छतबाट पैसा उडाउने करोडपति पक्राउ

165

एउटा ठूलो भवनको छतबाट पैसा उडाउँदै गरेको अवस्थामा हङकङ्गका एक व्यक्ति पक्राउ परेका छन् । च्यानल न्युज एसियाका अनुसार चीन मुलका २४ वर्षीय वुङ्ग चिङ्ग किट लामवोर्गिनीे स्पोर्टस कार कुदाउदै छिमेकी देश हङकङ्गको शाम शुइ पो पुगेका थिए ।

रिपोर्टका अनुसार वुङ्ग एक करोडपति हुन् । उनको यस्तो सौभाग्य क्रिप्टोकरेन्सि विटकोइन पैसा छाप्ने डिजिटल मेशिनको कारोवारबाट बन्न सफल भएको हो । उनि हङ्गकङ्गका एक प्रतिष्ठित व्यक्ति हुन् ।

पैसाको वर्षात पछि भाइरल बनेको भिडियोमा उनी अग्लो भवनको छतमा उभिएर ठुलो मात्रामा नगद उडाउदै गरेको देखिन्छ । जसको तल पैदल यात्रिको भिड लागेको छ । त्यहाँ जम्मा भएका दर्जनौ मानिसले उडाएको क्यास टिप्दै गरेको सो भिडियोमनर्फत देख्न पाइन्छ ।

डेलिमेलका अनुसार पक्राउ पर्नुअघि वुङ्गले फेसवुकमा प्रत्यक्ष प्रसारण दिँदै थिए । सोहि दौरान उनले करिब २ लाख हङकङ्गयिन डलरको वर्षात गराइसकेका थिए । उनले सामाजिक सञ्जालमा तस्विर शेयर गर्दै धनीहरूलाई लुटेर क्यास फाल्दै गरिबहरूको सहयोग गर्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here