काठमाडौं / ग्लोबल आइएमई बैंक नेप्सेको अनलाईन शेयर कारोबार प्रणालीमा आबद्ध भएको छ । यस मार्फत बैंकका ग्राहकहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्न सक्नेछन ।
यसै सम्बन्धमा बैंकले लगानीकर्ताहरुलाई अझ बढी सुविधा प्रदान गर्ने उद्वेश्यले ‘ग्लोबल शेयर लगानी बचत खाता’ सञ्चालनमा ल्याएको हो । यस बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी सजिलै स्वचालित अनलाईन प्रणालीबाट शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सकिने छ ।
उच्चतम ब्यादर पाइने यस बचत खातामा निशुल्क भाईवर र मोबाइल बैंकिङ्ग, पहिलो वर्ष निशुल्क डिम्याट खाता, मेरो शेयर खाता र डेबिट कार्ड उपलब्ध हुने छ । यसका साथै आईपिओ र एफपिओ बारे जानकारी लिन मिल्ने एवम् आस्वा सुबिधा, इन्टरनेट बैंकिंङ्ग र चेकबुक निशुल्क पाइने छ । यस बाहेक लकर, क्रेडिड कार्ड र ऋण प्रोसेसिंगमा ५० प्रतिशत छुट पनि पाइने छ ।
यसअघि बैंकमा खाता भएका ग्राहकहरुले समेत इन्टरनेट बैंकिंङ्गसेवा लिई अनलाईन शेयर कारोबार गर्न पाउनेछन् ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाको पहुँच पु¥याउने उद्देश्यले १२ वर्षअघि स्थापना भएको ग्लोबल आइएमई बैंकले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दैआइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा,इन्टरनेट बैंकिंङ्गसेवाको साथमा अष्ट्रेयिला, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेयिला , बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।


















