रेशम चौधरीलाई सपथ ग्रहण गराइयो

202

काडमाडौं / टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले बिहीबार सपथ ग्रहण गरेका छन्।  चौधरीले थारू भाषामा शपथ ग्रहण गरेका हुन्। डिल्ली बजार कारागारबाट ल्याएर उनलाई शपथ ग्रहण गराइएको हो।

सभाभुख कृष्णबहादुर महराले चौधरीलाई सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण गराएका हुन्।

चौधरीको शपथ ग्रहणमा सभामुख महरा, उपसभामुख डा। शिवमाया तुम्बाहाम्फे, सांसदहरू राजपा राजेन्द्र महतो, महन्त ठाकुर, अनिलकुमार झा, नेकपा सुवासचन्द्र नेम्वाङ, देव गुरूङलगायत संसद सचिवालयका पदाधिकारी उपस्थित रहेका थिए।

शपथ ग्रहण लगत्तै उनलाई पुनः डिल्लीबजार कारागारमै पठाइने संसद सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here