बन्द कोठामा मृत्यु

93

साँखु/काठमाडौँको शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया सुत्केरी विन्दु मगरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सुकेखोलाको एक घरमा भाडामा बस्दै आएकी मगर पाँच महिनाकी छोरीसहित बुधबार राति सुत्ने बेलामा कोठाभित्र दाउरा र कोइला बालेर सुतेकी थिइन् ।

श्रीमान् र तीन छोरीसहित पाँचजनाको परिवार एउटै कोठामा सुतेका उनीहरूमध्ये श्रीमतीको मृत्युको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनास्थलको अवलोकनपश्चात शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जानकारी दिएको छ ।

मृतक मगरको पाँच वर्षीय छोरी एउटा र अन्य साना दुई छोरी छन् । घटनाको प्रकृति हेर्दा चिसो भुईंमा र कोठाको झ्यालढोका सबै बन्द गरी दाउरा बालेर सुतेकाले निसास्सिएर मृत्यु भएको हुनसक्ने आशङ्का रहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् । प्रही निरीक्षकका अनुसार ‘शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएका छौँ । थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here