आइएमई ‘दशैंमा बीस लाख’ योजनामा धिरेन्द्र कुमार झागडले जिते बीस लाख

187

काठमाडौं / नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः– दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएका सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत सर्वाधिक ठूलो राशीको भाग्यशाली विजेता घोषणा गरेको छ ।

मलेशियाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही धिरेन्द्र कुमार झागड सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट भाग्यशाली विजेता घोषित हुनु भएको हो ।

सेवाग्राही झागडले नगद रू. २०,००,०००/–(अक्षेरूपी बीस लाख) प्राप्त गर्नु हुनेछ । आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आज आयोजित भाग्यशाली विजेता छनोट कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि र दीपाश्री निरौला लगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आम सेवाग्राहीको निरन्तर विश्वासले नै आइएमईलाई एउटा भरपर्दो ब्राण्डको रुपमा स्थापित गराएको स्मरण गर्दै आइएमई पे मार्फत हरेक प्रकारका भुक्तानी सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त  गर्नुभयो ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीमुखि ‘दशैँमा वीस लाख’ योजना अवधिका करिव तीन महिनामा लक्ष्य अनुरुपको व्यापार अभिवृद्वि भएको जनाउँदै यस्ता पर्व लक्षित कार्यक्रमले आम सेवाग्राही र कम्पनीवीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास ब्यक्त गर्नुभयो ।

ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि र दीपाश्री निरौलाले आइएमई जस्तो ब्राण्डको एम्बासडर हुन पाउँदा सन्तोष लागेको जनाउदै विजेता सम्पूर्ण सेवाग्राहीलाई बधाई ब्यक्त गर्नुभयो ।

२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजना अन्तर्गत दैनिक लक्की ड्र’ मा ८ सय ४०, साप्ताहिक ‘लक्की ड्र’ मा १२, मासिक ‘लक्की ड्र’ मा ३ र बम्पर ‘लक्की ड्र’ मा १ गरि कुल ८ सय ५६ जना सेवाग्राही पुरस्कृत हुनुभएको छ ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here