खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक

196

काठमाडौं/तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको खेल तालिका आज सार्वजनिक भएको छ आयोजक सुदूरपश्चिम एघार स्पोर्टस् क्बल धनगढीले शुक्रबार खेलतालिका सार्वजनिक गरेको थियो । खेलतालिका अनुसार उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम एघारले मेची नेत्रलय काँकडभिट्टा फुटबल टे्रनिङ एसोसिएसनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

खेल पुस २४ गते हुनेछ । त्यस्तै, दोस्रो खेलमा पुस २५ गते मोरङ एघारले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताकै तेस्रो दिन भ्याली च्यासलले दिल्ली एफसीसँग प्रतिस्पर्धा गर्ने भएको छ । पुस २७ गते भने संकटा क्लबले गोर्खा ब्वाइज रुपन्देहीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

सार्वजनिक भएको ड्र मा समूह ए बाट थ्रीस्टार क्लब र एपीएफ क्लबले भने क्वाटरफाइनलबाट मात्रै प्रतिस्पर्धा गर्ने भएको छ । समूह बी बाट मनाङ मस्र्याङ्दी क्लब र क्यामरुनको डफिनास टिम फेमेलीले क्वाटरफाइनलबाट प्रतिस्पर्धा गर्ने भएको हो । सेमिफाइनलको खेल माघ दुई र तीन गते हुनेछ । त्यस्तै, फाइनल खेल माघ पाँच गते हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here