रक्सी–जाँड खाने पैसाले बीमा गर्न आग्रह गर्दै धुर्मुस-सुन्तली

255

डोटी – डोटीमा सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले रक्सी–जाँड खाने पैसाले बीमा गर्न आग्रह गरेका छन् ।

हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले हास्यव्यङ्ग्य गर्दै भने, ‘रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस ।’ महिलालाई भने कलाकार सुन्तलीले बिँडी–तमाखु खाने पैसाले बीमा गर्न आग्रह गरे ।

घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौं दर्शकलाई जाँड, रक्सी बिँडी–चुरोट खाने पैसा बचत गर्न अनुरोध गरेका थिए । धुर्मुस र सुन्तलीका कुरा सुनेर हजारौँ दर्शकले आफ्नो जीवन बीमा समेत गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here