काठमाडौं/थ्रीस्टार क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो हुन सफल भएको भयो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न भएको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । आर्मीले भने चौथो स्थानमा मात्र सिमित भयो । जितको लागि बुद्ध चेम्जोङ र रञ्जन विष्टले गोल गरेका थिए । खेलको २८ औं मिनेटमा नै बुद्धले पहिलो गोल गरेका थिए । भने रञ्जनले खेलको ८९ औं मिनेटमा गोल गरेर जिताएका थिए ।
लिगमा आफ्नो अन्तिम खेलमा जित हात पारे पनि आर्मीले लिगमा चौथो स्थानमा चित्त बुझाएको छ । थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेसँगै आर्मी चौथो भएको थियो ।
हलचोकस्थित एपीएफको खेल मैदानमा भएको अन्तिम खेलमा आर्मीले मछिन्द्र क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । आर्मीको जितमा कप्तान भरत खवासले दुई गोल गरे । त्यसैगरि, टंक बस्नेतले एक गोल गरेका थिए ।
खेलमा २८ औं मिनेटमा आर्मीका टंकले पहिलो गोल गरेका थिए भने ६२ र ७४ औं मिनेटमा कप्तान खवासले गोल गर्दै ३–० को जित दिलााएका थिए । लिगमा सबै १३ खेल खेल्दा २६ अंक बनाएर थ्रीस्टार तेस्रो हुन सफल भयो आर्मीले पनि सबै खेल खेल्दै २५ अंक बनाएर चौथो स्थानमा चित्त बुझाउनु बाध्य भयो ।
यस बर्षको शहीद स्मारक ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लब दुई खेल अघि नै उपाधि जितेर इतिहास रच्न सफल भयो । त्यस्तै, उपविजेता संकटा क्लब हुन सफल भयो एक खेल अघि नै थ्रीस्टारलाई पराजित गर्दै लिगमा उपविजेता बनेको थियो ।


















