तिम्रै नाममा धड्किन खोज्छ मुटुको धड्कन पनि…..( कविता )

323

कस्तो आईदियो ? जिन्दगीमा बाधा अड्चन पनि।
तिम्रै नाममा धड्किन खोज्छ मुटुको धड्कन पनि।

आफ्नै भएरपनि आफ्नो कहिल्यै जीवनमा भएन।
तिमी जस्तै धोखेबाज निस्कियो यार यो मन पनि।

अभागीलाई जिन्दगीभर सुखले टाढा राख्ने रैछ।
दुखैदुखले बित्यो बुढेसकाल पनि बालापन पनि।

यति रित्तो हुन्छ भन्ने बुझेको भए ॠण लिने थिइन।
आज मुखियाले लिलाम गर्यो घर पनि आगन पनि।

मान्छे राम्रो हुन रुप राम्रो भएर मात्रै हुदैन यादगर।
शरीर सँगै राम्रो हुनुपर्छ मान्छेको बोलिवचन पनि।

बिजय कुमार शाह अनुराग
एता रुकुमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here