ढुक्क भए हुन्छ ! निर्मलालाई न्याय मेरो नेतृत्वको सरकारले दिन्छ : प्रधानमन्त्री ओली

112

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रतिनिधिसभामा सम्बोधन गर्दै निर्मला पन्त र उनको परिवारलाई सडकमा पोखिने अराजक भिडले न्याय नभइ आफ्नो नेतृत्वको सरकारले न्याय दिने जनाएका छन् ।

ओलीले आफ्नो नेतृत्वको सरकारले निर्मला तथा अन्य छोरीचेलीलाई न्याय दिने जनाएका छन् । अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीलाई सडकमा पोखिने अमर्यादित तथा अराजक भिडले न्याय दिने नभई सरकारले दिने जनाए ।

‘अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीलाई सडकमा पोखिने अमर्यादित तथा अराजक भिडले न्याय दिने दिने होइन । सरकारले दिन्छ ।’, प्रधानमन्त्रीले भने, ‘त्यसको नेतृत्व मैले गरिरहेको छु । ढुक्क भए हुन्छ । हामी त्यो काम पूरा गर्नेछौँ ।’

अपराध अनुसन्धानका मामिलामा प्रहरीले ९६ प्रतिशत मुद्धामा सफलता पाएको उल्लेख गर्दै ओलीले केही घटना मात्रै अपवादको रुपमा रहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here