वाइडबडी प्रकरणमा आफ्नो प्रतिवेदन सच्याउदै लेखा समिति, गृहसचिव निर्दोष

146

काठमाडौं / नेपाल वायुसेवा निगमले भित्र्याएका दुईवटा वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा संसद्को सार्वजनिक लेखा समितिले आफ्नो प्रतिवेदन सच्याएको छ ।

यसअघि समितिले कारवाहीका लागि सिफारिस गरेको गृहसचिव प्रेम राईलाई उन्मुक्ति दिएको छ। उपसमितिले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्दै दोषी ठहर्याएको तत्कालीन पर्यटन सचिव राईको सम्बन्धमा समितिको सोमबार बसेको बैठकले आफ्नो प्रतिवेदन सच्याउदै कुनै बदनियत नदेखिएको भन्दै उनी निर्दोष रहको निश्कर्ष निकालेको हो ।

वाइडबडी खरिद प्रकियाको शुरूवात भएको तर बोलपत्र आह्वान गर्ने समयमा उनी पदमा नरहेको भन्दै उनी निर्दोष रहेको समितिको निश्कर्ष छ ।

लेखा समितिले पर्यटन मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई पनि कानुनसम्मत कारबाही गर्न उल्लेख गरिएको छ। उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको ‘बदनियत’ शब्द हटाएर कानुनसम्मत मात्र उल्लेख गरी लेखा समितिले प्रतिवेदन पारित गरेको छ।

यसैगरी बैठकले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई जहाज खरिद प्रकरणमा मुख्य दोषी भएकाले निलम्बन गरी कारबाहीको लागि सिफारिस गरेको छ। यसबाहेक विमान खरिदका लागि बनाइएका उपसमितिमा रहेका र यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरुमाथि पनि छानविन गरी कारबाही गर्न समितिले निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here