सार्वजनिक जग्गामा बनाइएका संरचना भत्काउनु पर्ने माग राख्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र

106

महेन्द्रनगर / नगरविकास समितिले अवैध रुपमा वितरण गरेको घडेरी र त्यसमा बनेका अवैध संरचना भत्काउनु पर्ने माग राख्दै मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ।

राजनीतिक दलका संयुक्त संघसंगठनले आईतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन्।

ने क पा (क्रान्तिकारी माओवादी) को भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य केशब साउदका अनुसार पहुँचको आधारमा जग्गा वितरण गरी नगर विकास समितिको सार्वजनिक जग्गामा बनाइएका संरचना अतिक्रमण हटाउन माग गरेको जानकारी दिएका छन् । साउदले विभिन्न समयमा आफूले पाएको पद र जिम्मेवारीको दुरुपयोग गरेर नगर विकास समितिमा भएको अनियमिततमा छानविन गरी दोषीलाई कारवाही गर्न पनि माग गरिएको जनाए ।

ज्ञापन पत्रमा अवैध ढङ्गले वितरण गरिएका लालपूर्जा तथा सम्झौता यथाशिघ्र खाली गरिनुपर्ने,महेन्द्रनगर बजारको सुन्दरता बिग्रिने गरी गुरु योजना विपरीत बनाइएका भौतिक संरचना भत्काउनुपर्ने माग गरिएको छ।

युवा संघ कञ्चनपुरका अध्यक्ष गणेश चन्द, तरुण दलका अध्यक्ष महेश चन्द, वाइ सिएल कञ्चनपुरका सचिव तिलक जप्रेल, क्रान्तिकारी युवा संघका अध्यक्ष मनमोहन जोशी, अनेरास्ववीयुका अध्यक्ष ओम बस्नेत,अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र विष्ट, नेवि संघका सह–महामन्त्री अच्युत कलौनी, अखिल क्रान्तिकारी अध्यक्ष नरेन्द्र भाट, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउद र क्रान्तिकारी युवा लिगका कमल चौधरीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन्।

मुख्यमन्त्री त्रिलोचन भट्टले ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीलाई पठाउने जनाएका छन् । प्रदेश सरकार पनि अवैध रुपमा हुने गतिविधि रोक्न कटिबद्ध रहेको भट्टले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here