एनएसए फुटबल प्रतियोगितामा प्ले अफको समीकरण पूरा

135

काठमाडौं/नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगितामा प्ले अफको समीकरण पूरा भएको छ । सुपर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमाडौं र चितवनबीचको खेल सम्पन्न भएसँगै प्ले अफको समीकरण प्रष्ट भएको हो ।

काठमाडौं अङ्क तालिकाको शीर्षस्थानमा उक्लेको छ । लिगको अन्तिम खेलमा उसले एफसी चितवनलाई २–१ ले हराएर तीन अङ्क बटुल्दै छमध्ये चार खेलमा जित हात पारेर १३ अङ्कसहित शीर्षस्थानमा उक्ल्यो । फाइनलमा प्रवेशका लागि काठमाडौं रेजर्सले धनगढी एफसीको सामना गर्नेछ । लिगको छ खेलमध्ये चारमा जित हात पार्ने काठमाडौं एक्लो टोली हो । धनगढी एफसी दोस्रो स्थानमा छ । उसले छमध्ये तीनमा जित, एक बराबरी र दुईमा हार बेहोरेको छ ।

लिगमा दुबै टोलीले एक अर्काको सामना गर्दै धनगढी हाबी रह्यो । धनगढीले काठमाडौंमाथि ३–० को जित निकालेको थियो ।

दोस्रो प्ले अफमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनीको सामना गर्नेछ । पहिलो प्ले अफ मङ्गलबार त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here