होसियार ! स्मार्ट फोनको बढी प्रयोगले शरीरका अंगहरु दुख्न सक्छ ?

324

स्मार्टफोन मानव जीवनको एक महत्वपूर्ण अंगको रुपमा स्थापित भएको छ । यसलाई छुट्याएर हेर्ने हो भने धेरै काम असम्भव नै बनेको छ दैनिक जीवन तर, स्मार्टफोनको प्रयोग दैनिक जीवन कति पटक गर्ने ? यो महत्वपूर्ण विषय बनेको छ । पछिल्लो समयमा थुप्रै युवाहरुले आफ्नो अधिकांश समय स्मार्टफोनमा विताउने गरेको एक तथ्याङ्कले देखाएको छ ।

यसरी निरन्तर स्मार्ट फोनको प्रयोग गर्दा स्वास्थ्यसम्बन्धि थुप्रै स्वास्थ्य सम्बन्धि समस्या पनि झेल्नुपर्ने हुन्छ । यसको विकिरणहरुले मस्तिष्कलाई कमजोर बनाउने थुप्रै तथ्य सार्वजनिक भईसकेका छन् । अत्याधिक प्रयोगको कारणले शरिरका कतिपय अंगहरु दुख्ने समस्या उत्पन्न भएको छ । तपाईको शरिरमा यी पाँच ठाउँ दुख्छ भने त्यसको कारण स्मार्टफोन त होइन ?

औंला

लामो समयसम्म स्मार्ट फेनको प्रयागले हातका औँला दुख्ने समस्या बढ्दै जान्छ । यसकै कारण औँला पनि औँला खिँचिने समस्या हुन्छ । यसले औलाको आकार विग्रनुका साथै कमजोर भएर जान्छ ।

गर्धन

लामो समय स्मार्टफोनको प्रयोग गर्दा गर्धनमा दुखाई हुनु सामान्य हो । त्यसैले, लामोसमयसम्म एउटै पोजिशनमा बसेर स्मार्ट फोन चलाउनु घातक सावित भएको छ । । नत्र गर्धनमा जोर पर्न जान्छ र दुखाई हुन जान्छ ।

आँखा

लाामो समयसम्म स्र्माटफोनको प्रयोग गर्दा देखिने अर्को समस्या भनेको आँखाको दुखाई पनि हो । त्यसमात्र नभएर यसले आँखा पोल्नेदेखि यससम्बन्धि अन्य थुप्रै समस्या देखा पर्दै जान्छ । यसले आँखाको सुख्खापनालाई पनि बढाएर लैजाने गर्छ ।

पीठ्यू

बसेर लगतार स्मार्टफोनको प्रयोग गर्दा पीठ्युमा जोर पर्न जान्छ । जसले दुखाईको अवस्था सृजना गर्छ । यसबाट बच्नको लागि शारिरिक रुपमा शक्रिय हुन पनि आवश्यक छ । दैनिक व्यायामको साहारा लिदा यस्तो दुखाई विस्तारै कम हुँदै जान्छ ।

कुम

हातमा स्मार्ट फोन लिएर लामो समयसम्म प्रयोग गर्दा काँधको भाग खिचिएर जाने गर्छ । जुन विस्तारै दुखाईमा परिवर्तन हुँदै जान्छ । स्मार्ट फोनले सृजना गर्ने यस्तो समस्याबाट बच्नको लागि बीच बीचमा ब्रेक लिनु अतिआवश्यक हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here